जनताको मित्र ः मन्त्री पोखरेल


२५ चैत,महोत्तरी ।  शिक्षा तथा समावेशी विकासप्रति प्रतिबद्धता जनाउँदै जनताको मित्रको रूपमा चिनिने माननीय शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरिराज मणि पोख्रेल महोत्तरीको रामगोपालपुर नगरपालिकामा एक विशेष कार्यक्रममा सहभागी भए ।
कार्यक्रमका क्रममा मन्त्री पोख्रेलले भनाइ राख्दै शिक्षा सबै नागरिकको मौलिक अधिकार भएको उल्लेख गर्दै भने, “शिक्षा पहुँचको मात्र विषय होइन, समानताको बलियो आधार पनि हो। अबको यात्रामा हाम्रो लक्ष्य हो – जनताको घर–घरमा गुणस्तरीय शिक्षा पु¥याउनु।”
रामगोपालपुर नगरपालिका–८ मा आयोजित उक्त कार्यक्रममा स्थानीय जनप्रतिनिधि, समाजसेवी, बुद्धिजीवी, अभिभावक तथा सर्वसाधारणको बाक्लो उपस्थिति रहेको थियो। मन्त्री पोख्रेलको आगमनलाई स्थानीयबासीले अत्यन्तै उत्साह र हार्दिकताका साथ स्वागत गरेका थिए।
उक्त अवसरमा श्रीमान रामबाबु शाह (वडा सचिव) तथा श्रीमती सिता देवी शाह (पूर्व नगर उप–प्रमुख, रामगोपालपुर नगरपालिका) द्वारा आयोजित गृह प्रवेश, अष्टजाम तथा नवजात सुपुत्री ‘एन्जल’ को जन्मोत्सव (छठी) समारोह पनि भव्य रूपमा सम्पन्न भयो ।
सुपुत्र रवि भूषण र पुत्रवधु अर्चनाको प्रथम सन्तानको रूपमा जन्मेकी छोरी एन्जलको जन्म मिति २०८१ फाल्गुण २८ गते भएको हो। जन्मोत्सवको सुखद् उपलक्ष्यमा आयोजित पारिवारिक कार्यक्रमको शृंखलामा धर्म, संस्कृति र पारिवारिक एकताको मिठो संगम देखिन्थ्यो ।
कार्यक्रममा सहभागी अतिथिहरूले नवजात शिशु एन्जलको उज्ज्वल भविष्यको कामना गर्दै शाह परिवारलाई हार्दिक बधाई तथा शुभकामना व्यक्त गरेका थिए।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Array

ताजा समाचार

धेरै पढिएको