बर्दिवासमा प्रहरी कर्मचारी लक्षित स्वास्थ्य शिविर सम्पन्न


२१ चैत , बर्दिवास, ललन मण्डल-  जिल्ला ट्राफिक प्रहरी कार्यालय बर्दिवास महोत्तरीको आयोजनामा, शुभस्वस्तिक हस्पिटल प्रा.लि. बर्दिवास महोत्तरी र बर्दिवास अस्पताल बर्दिवास महोत्तरीको सहकार्यमा “प्रहरी कर्मचारी लक्षित स्वास्थ्य शिविर कार्यक्रम“ सफलतापूर्वक सम्पन्न भएको छ।
स्वास्थ्य शिविर अन्तर्गत यस कार्यालय तथा मातहत ट्राफिक प्रहरी पोष्टहरू, इलाका प्रहरी कार्यालय बर्दिवास महोत्तरी तथा मातहत इकाइहरूमा कार्यरत ६४ जना प्रहरी कर्मचारीहरूको स्वास्थ्य परीक्षण गरिएको थियो। परीक्षणमा बि.एम.आई, रगत, रक्तचाप, सुगर, आँखाको परीक्षण, ई.सि.जि. लगायतका शारीरिक स्वास्थ्य सम्बन्धी जाँचहरू गरिएका थिए। साथै, दक्ष चिकित्सकहरूद्वारा स्वास्थ्य परामर्श समेत प्रदान गरिएको थियो।
स्वास्थ्य शिविरको अवसरमा जिल्ला ट्राफिक प्रहरी प्रमुख लक्ष्मी राज जोशीले प्रहरी कर्मचारीहरूको स्वास्थ्य सुरक्षामा ध्यान दिनु आवश्यक रहेको भन्दै यस्ता शिविरहरूले प्रहरीहरूको शारीरिक तन्दुरुस्तीमा सकारात्मक प्रभाव पार्ने बताए। उनले प्रहरी संगठनभित्र कार्यरत कर्मचारीहरूको स्वास्थ्य राम्रो रहे मात्र उनीहरू आफ्नो कर्तव्य कुशलतापूर्वक निर्वाह गर्न सक्षम हुने उल्लेख गरे।
कार्यक्रममा सहभागी प्रहरी कर्मचारीहरूले समेत यस्ता स्वास्थ्य शिविरहरूले उनीहरूलाई आफ्नो स्वास्थ्यप्रति सचेत रहन प्रेरित गर्ने बताएका छन्। आगामी दिनमा पनि यस्ता कार्यक्रमलाई निरन्तरता दिनुपर्ने माग राखेका छन्।
उक्त शिविर सफलतापूर्वक सम्पन्न गर्नमा प्रहरी कार्यालय, अस्पताल तथा मेडिकल स्टाफहरूको विशेष सहयोग रहेको थियो।

 


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Array

ताजा समाचार

धेरै पढिएको