विश्वकप छनोटमा इंग्ल्यान्डको जित


काठमाडौं – युरोपेली राष्ट्रको विश्व कप छनोट खेलको सोमबार राति भएको समूह केको खेलमा इंग्ल्यान्डले लाट्भियालाई ३(० ले हराएको छ।

पहिलो हाफमा नै रिस जेम्सले २० यार्डबाट घुमाउरो फ्रिकिक प्रहार गर्दै शानदार गोल गरे। ६८ औँ मिनेटमा डेकलन राइसको पासमा कप्तान हेरी केनले गोल गरे। इंग्ल्यान्डका लागि खेलिएका १०५ औँ खेलमा उनको सो ७१ औँ गोल हो। इबरेजी इजेले ७६ औँ मिनेटमा गोल गरे।

समूह ‘के’ कै अर्को खेलमा अल्बानियाले एन्डोरालाई ३(० ले हरायो। समूह ‘एच’मा बोस्निया हर्ज गोभिनाले साइप्रसलाई २(१ ले तथा रोमानियाले सान मारिनोलाई ५(१ ले हराए।

समूह ‘जी’मा लिथुवानिया र फिनल्यान्डको खेल २(२ गोलको बराबरी भयो। यसैगरी, पोल्यान्डले माल्टालाई २(० ले हरायो।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Array

ताजा समाचार

धेरै पढिएको