९ चैत, बर्दिवास । नेपाल रेडक्रस सोसाइटी, बर्दिबासको आयोजनामा तथा महोत्तरी चेम्बर अफ कमर्सको सहकार्यमा आयोजित रक्तदान कार्यक्रम सफलतापूर्वक शुक्रवार सम्पन्न भएको छ। मानवताको महान कार्यमा सहभागी भई अमूल्य रगत दान गर्ने स्वयम्सेवी रक्तदाताहरूप्रति आयोजक समितिले हार्दिक आभार व्यक्त गरेको छ।
कार्यक्रममा स्थानीय स्वयंसेवक, समाजसेवी, व्यापारी तथा युवाहरूको उल्लेखनीय सहभागिता रहेको थियो। रक्तदानको माध्यमबाट असहाय तथा गम्भीर अवस्थामा रहेका बिरामीहरूलाई जीवनदान दिने उद्देश्यले गरिएको यो कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको छ।
महोत्तरी चेम्बर अफ कमर्सका अध्यक्ष सुधिर अग्रवारका अनुसार, नियमित रक्तदानले न केवल अरूको जीवन बचाउँछ, बरु रक्तदाताको स्वास्थ्यका लागि पनि फाइदाजनक हुन्छ । भविष्यमा पनि यस्ता कार्यक्रमलाई निरन्तरता दिने अध्यक्ष अग्रवालले प्रतिबद्धता व्यक्त गरेका छन ।
“हामीले दिएको रगतले कसैको जीवन बच्न सक्छ, यही नै साँचो सेवा हो ! “ – यही भावनासहित धेरै युवाहरूले स्वेच्छिक रक्तदान गरेका थिए।




















