२९ फागुन , काठमाडौं । जनमत पार्काटीका केन्द्रीय अध्यक्ष डा. सिके राउतले फागुपूर्णिमा (होली पर्व) जस्ता चाडपर्वले समुदायबीच सद्भाव बढाउन सहयोग पुग्ने बताएका छन् । फागु पर्वको अवसरमा शुभकामना व्यक्त गर्दै उनले यस पर्वमा खेलिने विविध रङहरू जस्तै विविधता बीचको एकता नेपालीको विशिष्ट पहिचान बनेको बताएका छन् ।
नेपालको हिमाल, पहाड र तराईका जिल्लामा हर्षोल्लासका साथ एक अर्कालाई रङ लगाई खुसियाली साटासाट गर्दै खेलिने फागु पर्वका अवसरमा उनले सम्पूर्णमा शुभकामना व्यक्त गरेका छन् ।
नेपालमा भाषा धर्म र संस्कृति अनुसारको विभिन्न भुगोलमा दुई दिन सम्म मनाईने होली पर्व आज हिमाल र पहाडमा हुन्छ भने भोली तराईमा विशेष तरिकाले मनाईन्छ ।
होली पर्वका अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपालीमा शुभकामना व्यक्त गर्दै उनले होलीलगायत मौलिक पर्वले समुदायलाई एकताबद्ध गर्न सघाउने उल्लेख गरेका छन् ।
शुभकामनामा डा. राउतले विभिन्न धर्म, भाषा र संस्कृति मान्ने समुदायहरूलाई आआफ्ना मौलिक परम्परा र संस्कृतिको अनुसन्धान, संरक्षण र सम्बर्धन एवं फरक जाति र समुदायको संस्कृति र आत्मस्वाभिमानको सम्मान गर्न अभिप्रेरित गर्ने बताएका छन् ।
दुई दिने चल्ने यो ‘रङ्गहरूको पर्वका रूपमा स्थापित होली पर्व त्यस्तो पर्व हो, जसले सबै वर्ग, जाति, भाषा, भूगोल र संस्कृतिको भावना एवं सम्मिलनलाई प्रतिनिधित्व गर्दछ,’ अध्यक्ष डा.राउते भनेका छन्, ।



















