जनताको सेवानै सर्वोपरी कर्तव्य: सभापति देउवा


नेपाली काग्रेसका सभापति शेर बहादुर देउवाले जनप्रतिनिधिहरुले आफुलाई जनताको सेवकको रुपमा लिएर काम गर्नु पर्ने बताएका छन । जनताको सेवानै सर्वोपरी कर्तव्य, लक्ष्य भएकाे उनले भने ।
महाेतरीकाे मनराशिसवा नगरपालिकाको नवनिर्मित प्रशासकीय भवन उद्घाटन समाराेहमा देउवाले स्थानीय तहले कृषि, पर्यटन लगायतका क्षेत्रको आधुनिकिकरण गरेर आर्थिक प्रगति गर्न सिप मुलुक तालिमको अभियान सुरु गरेर ठूलो मात्रामा स्थानीय रोजगारी सृजना गर्न सक्ने बताए ।
स्थानीय उत्पादनहरुको प्रवर्दन तथा बजारिकरण गर्नेदेखि नवप्रवर्तनात्मक क्षेत्रको पहिचान गरेर आर्थिक रुपमा सम्पन्न नगर बनाउन सकिन्छ, देउवाले भने, ” सडक, विजुली, खाने पानी, सिचाई लगायतका क्षेत्रको विस्तारमा नगर, प्रदेश सरकार र केन्द्र सरकारले सहकार्य गरेर अघि बढ्नु पर्छ ।” उर्वर भूमिको अधिकतम उपयोग गर्ने, स्थानीय रोजगारी सृजना गर्ने, स्थानीय उत्पादनको बजार विस्तार गर्ने कार्यमा नगर पालिकाले थप योजना बनाएर अघि बढे स्थानीय तहलाई समुन्नत बनाउन सकिन्छ, उनले भने ।
स्थानीय सरकारले प्रत्येक्ष जनतासँग काम गर्ने भएकाले समग्र सरकारको मुल्यांकन स्थानीय सरकारको काम कारवाहीबाटै हुने देउवाले बताए ।
जनताको हरेक समस्यामा साथ साथ हुने सरकार भनेको नै स्थानीय सरकार हो, देउवाले भने, “मेयर उपमेयर, वडा अध्यक्षहरुले जनतालाई केन्द्रमा राखेर काम गर्नुपर्छ। उद्घाटन भएको नयाँ प्रशासकीय भवनले मनराशिसवा नगरवासीहरुले पाउने सेवाहरु थप सहज बनाउन सहयोग पुग्ने छ । ”
नयाँ भवनसँगै जनताले पाउने सेवा सुविधाहरु थप प्रविधि मैत्री, चुस्त दुरुस्त र सहज हुने छ, उनले भने ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Array

ताजा समाचार

धेरै पढिएको