रिभान्स मण्डल ।
हालै, नेपालका विभिन्न स्वास्थ्य मन्त्रीहरूले अस्पतालहरूको अनुगमनलाई तीव्रता दिएका छन्। मधेश प्रदेश सरकारका स्वास्थ्य तथा जनसंख्या मन्त्री शत्रुधनप्रसाद सिंहले महोत्तरीका बर्दिवास स्थित सिटि केयर अस्पताल अनुगमन गरेका हुन ।
मधेश प्रदेशका प्राय अस्पतालहरुको आकस्मिक अनुगमन गर्नु भएको छ । त्यसै बर्दिवासको सिटि केयर पनि आकस्मिक अनुगमन गर्नु भएको छ ।
निजि अस्पतालहरुको लगानी अनुसारको सेवा सुविधामा राम्रो छ वा छैन सेवा सुविधामा के कस्तो छ ति सबै कुरालाई मध्य नजरगदै यी अस्पतालहरुको अनुगमन गनुपरेको स्वास्थ्य तथा जनसंख्या मन्त्री शत्रुधनप्रसाद सिंहले बताए । मन्त्री सिंहका अनुसार,अहिले मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले जनकपुरधामस्थित निजी अस्पतालहरूको अनुगमनलाई निरन्तरता दिनुभएको छ । त्यही अनुसारको अस्पतालहरुको आकस्मिक अनुगमन गर्नुपरेको बताए । यसले गर्दा निजि अस्पतालअरुको मनपरि रकम असुली , विरामीहरुको स्वास्थ्य सेवामा जोड पुग्ने गरी काम भईरहेको कुरा बताए ।
अनुगमनहरूबाट अस्पतालहरूको सेवा सुधार, व्यवस्थापन, र न्यूनतम मापदण्डको पालना सुनिश्चित गर्न प्रयास भइरहेको बताए ।
अनुगमनका क्रममा बर्दिवास सिटि केयर अस्पताल बर्दिवासकै सफा, सुघर र नगरकै राम्रो र स्तरिय अस्पतालको रुपमा रहेको बताए ।



















