१९, माघ , विनोद ढुङ्गेल । बर्दिवास महोत्सव तत्कालको लागि स्थागित भएको छ । केही दिन अगाडी हाम्रो माया घरलाई महोत्सव लगाउन दिएको स्वीकृति बर्दिवास नगरपालिकाले तत्कालको लागि स्थगित गरेको छ ।
संस्थाको घर निर्माणार्थ आर्थिक संकलन गर्ने उद्देश्यले स्थानिय सरकारले दिएको स्वीकृति उधोग बाणिज्य संघका कारण विवादास्पद वनेपछि नगरपालिकामा बोलाइएको सर्वपक्षिय बैठकमा नगरप्रमुख प्रल्हाद कुमार क्षेत्रीले अर्को सहमती र आर्थिक अवस्था सुधार नभए सम्मको लागि हाललाई महोत्सव स्थगित गरिएको जनाएका हुन् ।
नजिकिदै गरेको एस ईई परिक्षलाई मध्यनगर गर्दै र बर्दिवास नगरपालिकाका व्यापाहिरुको सल्लाह अनुसार तत्कालको लागि महोत्सव स्थगित गर्नुपरेको नगरप्रमुख प्रहलाद कुमार क्षेत्रीले बताए ।
सामाजिक एकतामा नै असर पर्न सक्ने विषयलाई मध्यनजर गर्दै नगरप्रमुख क्षेत्रीले अर्को निर्णय नभएसम्म महोत्सव स्थगन गर्ने वताए ।
नगरप्रमुख क्षेत्रीले आगामी दिनमा नगरपालिकाले महोत्सव सम्बन्धी कार्यविधी बनाउने र दीर्घकालीन रुपमा विवाद नआउने वातावरण सिर्जना गर्ने प्रतिवद्वता जनाए ।
हाम्रो माया घर निमार्ण समितिले बर्दिवास नगरपालिका संग सशर्त अनुदान बाट ५० लाख रमक माग गरेको छ । सो रकम आउन ढिलो भएको कारणले माया घर निर्माणार्थ आर्थिक अभावमा समस्या झेलिरहेको हाम्रो माया घरलाई भने आधारभूत समस्या सावधानको लागि बर्दिवास नगरपालिकाले २० लाख दिने मेयर क्षेत्रीले प्रतिवद्वता जनाए ।
महोत्सवको विवाद दीर्घकालीन समाधानको लागि नगरप्रमुख क्षेत्रीले कानुन वनाउन सहयोग गर्न चेम्बर अफ कमर्स महोत्तरी र बर्दिवास उधोग बाणिज्य संघलाई आग्रह समेत गरे ।
होटल तथा पर्यटन पर्वद्धनका मधेस प्रदेशका अध्यक्ष हिरालाल गौतमले व्यापार सङ्घले व्यापारीलाई दुईचिरापारी अगाडि बढेको नगरपालिकाले समस्या समाधानको लागि उद्योग वाणिज्य सङ्घकै नेतृत्वमा समिति गठन गर्दा पनि कुशल नेतृत्व देखाउन नसकी संघका अध्यक्ष खड्काले समस्या समाधान गर्नको साटो अझ विवादित बनाएको कुरा व्यक्त गरे ।
महोत्सव आयोजना गर्न उद्योग बाणिज्य संघ बर्दिवासले लगाउनु पर्ने दावी गर्दै आईरहेको बेला नगरले हाम्रो माया घर नामक संस्थालाई सहमती दिएको थियो ।









