बर्दिवास महेत्सवमा फेरी विवाद


१८  माघ , बर्दिबास ।
महोत्तरीको बर्दिवासमा हाम्रो माया घर नामक संस्थाले लगाउने भनिएको महोत्सवको विवाद उत्कर्षमा पुगेको छ ।
व्यापार, व्यवसाय प्रवद्र्वन गर्न उधोग बाणिज्य संघ बर्दिवासले लगाउने दावी गर्दै आएको महोत्सव हाम्रो माया घरलाई नगरले स्वीकृति दिएपछि यस्को विवाद उत्कर्षमा पुगेको हो ।
बाणिज्य संघले आज एक पत्रकार सम्मेलन गरी परोपकारी र धार्मिक संस्थालाई व्यापार महोत्सव लगाउन दिनु स्थानीय सरकारको पूर्वाग्राही र दुराशयपूर्ण व्यवहार भएको वताएको छ ।
संघले निकालेको विज्ञप्तिमा भनिएको छ – ‘एउटा जननिर्वाचित संस्थाले उधोगी व्यवसायीहरुको हकहितको लागि काम गर्ने अग्रसरता लिदा स्थानीय सरकारले रोक्ने र असहमति जनाउने हामीले वेला–वेलामा भोगेका छौ ।’ अगाडी भनिएको छ । ‘बर्दिवास उधोग बाणिज्य संघ कै पहलमा बर्दिवास बजारको सुरक्षाको लागि सिसि क्यामरा राख्न खोज्दा त्यसलाई समेत असहमति जनाउदै राख्ने विषयलाई सोझै अस्विकार गरियो ।’
सम्मेलनमा व्यापारीहरुले समाजसेवाको कुनैपनि विरोधी नभएको पनि प्रष्ट वनाएका छन् । तर सरोकारवाला पक्षसँग विना परामर्श व्यावसायिक मेला लगाउन परोपकारी संस्थाको निर्माण समितिलाई अनुमति दिन गरिएको निर्णय कुनै पनि हालतमा उचित नभएको उनीहरुको भनाई छ ।
संघले उक्त निर्णयमाथी पुनरावोलोकन अपिल गर्दै व्यावसायिक महोत्सवको मुल उदेश्यलाई प्राथमिकतामा राख्न सुझाव समेत दिएको छ ।
पत्रकार सम्मेलनमा व्यवसायीहरुको अधिकार कुण्ठित वनाउने गरि हाम्रो माया घरले लगाउने महोत्सवमा व्यापारीहरुको कुनै सहभागीता नरहने पनि प्रष्ट वनाएको छ ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Array

ताजा समाचार

धेरै पढिएको