जनकपुरले दियो १३७ रनको चुनौतीः लुम्बिनीलाई


बिबेक महतो , बर्दिबास  – नेपाल प्रिमियर लिग ९एनपीएल० अन्तर्गत आइतबार बिहानको खेलमा जनकपुरले लुम्बिनीलाई १३७ रनको चुनौती दिएको छ । ९ विकेटको क्षतिमा पूरै २० ओभर खेल्दै जनकपुरले १३६ रन बनाएको हो । लगातार तीन खेलमा पराजित भएको लुम्बिनीले आजको खेलमा तमत्कारिक बलिङ गर्दै जनकपुरलाई सस्तैमा समेटेको हो ।

जनकपुरका लागि कप्तान अनिल शाह अर्धशतक बनाउन ५ रनले चुके। उनले एक चौका र चार छक्का हिर्काएर ४५ रन जोडे। उनी सन्दीप जोराको बलमा क्याच आउट भएका हुन्। जनकपुरका अर्का ओपनर आशिफ शेख १० बलमा १६ रन बनाएर आउट भएका थिए।

लाहिरु मिलन्था २३ बलमा २४ रन बनाएर आउट हुँदा तीन बल खेलेका हर्ष ठाकरले एक रन बनाउँदा जिमी निशमले दुई बलमा एक रन मात्र जोड्न सके। मोहम्मद मोसिन पाँच बलमा तीन रन बनाएर आउट हुँदा श्री मल्ल शून्यमा आउट भए।

कसिलो बलिङ गरेको लुम्बिनीका लागि अभिषेक गौतमले तीन विकेट लिँदा कप्तान रोहित पौडेल र साद बिन जफरले दुईदुई विकेट लिए। उसका लागि सन्दीप जोराले एकएक विकेट हात पारे।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Array

ताजा समाचार

धेरै पढिएको