उपनिर्वाचनमा नेकपा एमाले विजयी


महोत्तरी– महोत्तरीको रामगोपालपुर नगरपालिका–२ को वडाध्यक्ष पदका लागि भएको उपनिर्वाचनमा नेकपा एमाले विजयी भएको छ । एमालेका सकिवुल खाँ ६३१ मत ल्याउँदै विजयी भएका हुन् ।
उनको निकटतम प्रतिद्वन्द्वीको रुपमा माओवादी उम्मेदवार आइती कुमार यादवले ५३४ मत प्राप्त गरिन् । कांग्रेस उम्मेदवार मोहम्मद जनिफ खाँले २८४ मत पाए ।
निर्वाचन परिणाम घोषणा गर्दै मुख्य निर्वाचन अधिकृत राजकुमार कोइरालाले सर्वाधिक मत ल्याएर एमाले उम्मेदवार खाँ विजयी भएको जानकारी दिए ।
रामगोपालपुर नगरपालिका वडा २ मोहनपुर स्थित नेपाल राष्ट्रीय जनता आधारभूत विद्यालयमा मतदान केन्द्र रहेको थियोे । जम्मा १ हजार ५ सय १४ मत खसेको मुख्य निर्वाचन अधिकृत राजकुमार कोइरालाले जानकारी दिए । जसमा बुथ (क) मा ४२४ महिला र ३३१ पुरुष गरि ७५५ त्यसैगरी बुथ (ख) मा ३६० महिला र ३९९ पुरुष गरि ७५९ जम्मा १ हजार ५ सय १४ मत खसेको छ । जम्मा मतदाता मध्ये ७०.७१ प्रतिशत मत खसेको मतदान अधिकृत कोईरालाले जनाउनुभयो ।
उक्त वडामा एउटै मतदानस्थल रहेको श्री नेपाल राष्ट्रिय आधारभूत विद्यालय मोहनपुरमा दुई मतदान राखिएको छ । यस वडामा कुल २ हजार १ सय ४१ मतदाता रहेका मध्ये ९४० महिला र १ हजार २ सय १ पुरुष मतदाता रहेका छन् ।
साझ बसेको सर्वदलीय बैठकमा सहमति भएपछि साझ ६ः४५ बजेबाट मतगणना सुरु भएको मुख्य निर्वाचन अधिकृत राजकुमार कोइरालाले जानकारी दिए ।
यहाँ यसअघि माओवादीले जित हासिल गरेको थियो ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Array

ताजा समाचार

धेरै पढिएको