महोत्तरीको गौशला निवासी महिला क्रिकेटर पूजा महतो गृह जिल्लामा सम्मनित भएकी छिन । आईसीसी यू–१९ महिला टी–२० विश्वकपमा छनोट हुन सफल राष्ट्रिय टोलीमा रहेका खेलाडी महतोलाई नेपाल कुशवाहा कल्याण समाज महोत्तरीले नगदसहित सम्मान गरेको जनाएको छ । आईसीसी यू–१९ महिला टी–२० विश्वकप छनोट प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्दै पहिलो पटक विश्वकपमा स्थान सुरक्षित गराउन भूमिका खेलेकाले क्रिकेटर महतोलाई शनिवार कुशवाहा कल्याण समाज महोत्तरीका अध्यक्ष बिजयकुमार महतोले नगद ५० हजार सहित सम्मान गरेका हुँन । राष्ट्रिय टोलीकी कप्तान पूजा महतोको टोली बुधबार भएको खेलमा नेपालले यूएईलाई पछि पार्दै आउँदो जनवरीमा हुने आईसीसी यू–१९ महिला टी–२० विश्वकपमा खेलमा सहभागी हुनेछ ।
पूजा महतोको नाम चर्चामा
पूजाको कप्तानीमा रहेको टिमले यूएईलाई हराउँदै आईसीसी यू–१९ महिला टी–२० विश्वकप एसिया छनोटको उपाधि जित्यो । च्याम्पियन हैसियतमा नेपालले आगामी जनवरी–फेब्रुअरीमा मलेसियामा हुने यू–१९ महिला टी–२० विश्वकप र डिसेम्बरमा मलेसियामा नै हुने यू–१९ महिला एसिया कप खेल्ने अवसर पायो । यो उपलब्धिमा सबैभन्दा अगाडि पूजाकै नाम आउँछ । उनले महिला क्रिकेटमा नेपाललाई पहिलोपटक विश्वकपमा पु¥याउन नेतृत्व गरिन् । उनी मैदानमा ब्याट र बल दुवैमा अब्बल देखिइन् । ‘महिला क्रिकेटमा इतिहास रच्दा धेरै खुशी लागेको छ र त्यसको कप्तानको भूमिका निर्वाह गर्न पाउँदा त अझ धेरै गर्व लागेको छ’, पूजाले भनिन् ।