बर्दिवास । कार प्रणलीको सार लगानीको आधार भन्ने मुख्य नाराका साथ १३ औ राष्ट्रिय कर दिवसको अवसरमा महोत्तरीको बर्दिवास नगरपालिकाकामा मैत्रीपुर्ण फुटबल प्रतियोगिताको आयोजना गरिएको छ ।
करदाता सेवा कार्यालय बर्दिवास र बर्दिवास उद्योग बणिज्य संघको संयुक्त आयोजनामा शनिवार दुबै सस्ंथा बिच भएको मैत्रीपुर्ण फुटबल प्रतियोगितामा उद्योग बाणिज्य संघ बर्दिवास बिजयी भएको छ । बर्दिवास रंगशाालाको खेल मैदानमा बिहान ८ बजे देखी शुरु भएको खेलको निर्धारीत समयको मध्यान्तर पछी दुबै समुहले एक,एक गोल गरेर बराबरीमा पुगेका थिए । त्यपछी खेलको १० मिनेट बाँकीको समयमा पेनाल्टी मार्फत बर्दिवास उद्योग बाणिज्य संघले ४ गोल गरेर बिजयी बनेको थियो।
खेलको पेनाल्टीमा भने करदाता सेवा कार्यालय बर्दिवासले ३ गोल मात्रै गरेर हार ब्यहोर्नु परेको थियो। शनिवार भएको मैत्रीपुर्ण फुटबल प्रतियोगिताको बिजयी समुह उद्योग बाण्ज्यि संघ बर्दिवासले श्ल्डि प्रमाणपत्र र टफी प्राप्त गरेको छ । त्यसैगरी खेलमा दाश्रो स्थान हासिलगर्ने करदाता सेवा कार्यालय बर्दिवासले श्ल्डि प्रमाणपत्र प्राप्त गरेको आयोजक संस्थाले जनाएको छ ।