बर्दिवास । नगर प्रमुख प्रल्लाद कुमार क्षेत्री जनताका गुनासा सुन्न घर–घरमा पुग्ने गरेका छन् । सो क्रममा उनी शनिबार पनि वडानं. १० को दमार भञ्ज्याङ पुगेर जनताको गुनासो सुनेका थिए । त्यहाँ उनले स्थानीय विद्यालयका समस्याका वारेमा जनताका गुनासा सुन्नुका साथै समाधानका उपाय बारे छलफल गरेका थिए ।
मेयर क्षेत्रीले दमारभञ्ज्याङको बाटोघाटोको अवस्था, कृषिको अवस्था, नदी कटानले स्थानीयले भोगेका दुःख बारे अवलोकन गरेका थिए । अवलोकनपछि स्थानीयसंग छलफल गर्दै मेयर क्षेत्रीले समस्या समाधानका लागि नगरले यथाशक्य सहयोग गर्ने आश्वासन दिएका थिए । त्यसैगरी शनिबारनै मयर क्षेत्रीले वडा नम्बर १ स्थित सामुदायिक, भवन योग केन्द्रको समेत निरीक्षण गरी समस्या समाधानका उपाय बारे छलफल गरेको थिए ।
साथै मेयर क्षेत्रीले वर्दिवास १ मा रहेको दुर्गा मन्दीरमा आयोजित वृहत सरसफाई कार्यक्रममा पनि सहभागिता जनउनु भएको थियो । मन्दीर व्यवस्थापन समिती का अध्यक्ष परशुराम गिरिको आमन्त्रणमा सवै वडावासिको सहभागितामा सरसफाई भएको थियो ।










