महोत्तरीमा टयाक्टर दुर्घटना, एक छात्राको मृत्यु


२३ भदौ । गौशालाको ईटाटारमा टयाक्टर दुर्घटनामा परि एक छात्राको मृत्यु भएको छ । आईतबार गौशाला नगरपालिका ३ ईटाटारमा टयाक्टरले ठक्कर दिदा स्थानिय रामकरण महतोको ९ बर्षकी छोरी जिया सिंहको घटनास्थलमै मृत्यु भएको हो ।

वालिका स्थानिय श्री जनता आधारभुत विद्यालय ईटाटारमा कक्षा ३ अध्ययनरत रहेको थियो । आईतबार विहान साईकलमा चढि विद्यालयतर्फ आईरहेको समयमा वालिकाको मृत्यु भएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष शम्भु साहले बताए ।
टयाक्टर चालक फरार रहेको र शवको पोष्टमार्डमको लागि पठाउने तयारी भईरहेको छ । घटनाको विषयमा विस्तृत विवरण आउन वाँकी रहेको छ ।

 


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Array

ताजा समाचार

धेरै पढिएको