तीज र चौरचनको शुभकामना


नेपाली सनातन हिन्दू नारीहरूले मनाउने हरितालिका (तीज) र मिथिला क्षेत्रमा मनाउने पवित्र चौरचन पर्व यस पटक एकै दिन परेको छ । चन्द्रमानअनसार मनाइने यी दुर्व पर्ब एकै दिन पर्नुको कारण भने तिथिको भोगअवधिको गणना भएको ज्योतिषविद्को राय छ । भाद्र शुक्लपक्षको तृतीया तिथिमा तीज र चौथीमो चौरचन पर्व मनाइन्छ । तृतीया तिथिको भोग सकीएर साँझदेखि चौथी तिथि लाग्ने र अर्कोदिनको सूर्यास्त अघिनै चौथी तिथि सकिने, चौरचन पर्वमा चन्द्रमाको पुजा गरिने भएकाले तीज र चौरचन एकै दिन परेको हो ।
तीज नेपाली सनातन धर्मालम्बी महिलाले अटल सौभाग्य र पारिवारिक सुख तथा समृद्धिका लागि मनाउने गरिन्छ भने चौरचन चन्द्रदोष हरण हेतुले मनाउने परम्परा छ । तीजमा महिलाहरूले दिनभरी ब्रत बसेर भगवान शिवको पूजा, आराधना गर्दै रातभर जाग्राम बसेर मनाइन्छ भने चौरचन चन्द्रमाको पूजा आराधना गरिन्छ । त्रेतायुगमा श्रीकृष्णलाई चन्द्र दोषका कारण ‘चोर’ को अभियोग लागेकोमा चन्द्रमाको पूजा गर्दा सो हराएको वस्तु टेतिएको किंवदन्ती चौरचन पर्वसंग जोडिएको छ ।
आजभन्दा एक दशक अघिसम्म तीज हिन्दू सनातन आर्य महिलाले र चौरचन मिथिला क्षेत्रमा मधेशी मुदायले मात्र मनाउने गर्दथे । तर, बसाईँ सराईलगायतका कारण भएको सामाजिक अन्तरघुलनले साँस्कृतिक अन्तरघुलन पनि गराएको छ, जसका कारण पर्वले खास समुदाय विशेषको दायरालाई भत्काएको छ । अहिले चौरचन मधेशमा बस्ने पहाडि समुदायको र तीज मधेशी समुदायको पनि भएको छ । सबैले यो पर्व मनाउन थालेका छन् । यसले समाजिक सहअस्तित्व र भातृत्वलाई बढावा दिएको छ । टक नेपाल परिवार समस्त तीज र चौरचन पर्व मनाइरहेका नेपालीहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछ ।

 


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Array

ताजा समाचार

धेरै पढिएको