रास्वपा केन्द्रीय समिति बैठक बस्दै, मुकुलको साधारण सदस्यता के होला ?


काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपा को केन्द्रीय समिति बैठक आज बस्दैछ । बैठक बिहान ८ बजे केन्द्रीय कार्यालय वनस्थलीमा बस्नेछ ।

आजको बैठकमा यसअघि पार्टीको महामन्त्री, प्रवक्ता तथा केन्द्रीय सदस्यबाट हटाइएका डा। मुकुल ढकालमाथि अनुशासनको कारबाहीबारे छलफल हुने बुझिएको छ ।रास्वपाले दोस्रो पटक स्पष्टीकरण सोधिएका डा। ढकाललाई साधारण सदस्यबाट पनि हटाउने विषयमा छलफल गर्न लागेको हो ।ढकालमाथि पार्टीको हितविरुद्ध गतिविधि गरेको आरोप छ । गत वैशाखमा इलाममा भएको उपनिर्वाचनपछि ढकालले विभिन्न जिल्ला भ्रमण गरेर पार्टीको समीक्षा प्रतिवेदन तयार पारेका थिए ।उक्त प्रतिवेदनमा पार्टी सभापति रवि लामिछानेको कार्यशैली तथा पार्टी सञ्चालन प्रक्रियाको आलोचना गरिएको थियो ।

पार्टीको आन्तरिक प्रतिवेदनमाथि मिडियामा सार्वजनिक गरेको आरोप लगाउँदै रास्वपाले गत असार २५ गते महामन्त्री, प्रवक्ता र केन्द्रीय सदस्यबाट पदमुक्त गरेको थियो ।

उनलाई गत असार १२ गते पहिलो र यही भदौ ६ गते दोस्रो पटक स्पष्टीकरण सोधिएको थियो ।

आजको बैठकमा आगामी असोजमा हुने, राष्ट्रिय भेला छाया सरकार सञ्चालन कार्यविधि, सङ्गठन सुदृढीकरण र विस्तार लगायत समसामयिक विषयमा पनि छलफल हुने बताइएको छ ।

रास्वपाले आगामी असोज १ र २ गते काठमाडौंमा राष्ट्रिय भेला गर्ने तयारी गरेको छ ।

khabarhub


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Array

ताजा समाचार

धेरै पढिएको