राष्ट्रिय स्वतन्त्र पार्टी संसदीय दलको बैठक आज बस्दै


काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी -रास्वपा- संसदीय दलको बैठक आज बस्दैछ । बैठक बिहान साढे १० बजे सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा बस्नेछ ।

कार्यवाहक प्रवक्ता मनिष झाले बैठकमा छलफलका लागि मुख्यगरी पाँच एजेण्डा तय गरिएको बताए ।

उनका अनुसार समसामयिक राजनीतिक घटनाक्रमसहित प्रस्तावित जलन सम्बन्धी गैरसरकारी विधेयक, प्रतिनिधि सभाको बैठक र समितिमा छलफल भइरहेका विधेयकहरू सम्बन्धी, कानुन, न्याय तथा मानव अधिकार समितिबाट सर्वसम्मतिले सदनमा पठाइएको सङ्क्रमणकालीन न्याय सम्बन्धी ९टीआसी० विधेयक लगायतमा छलफल हुनेछ ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Array

ताजा समाचार

धेरै पढिएको