काठमाडौँ । कांग्रेस संसदीय दलका प्रमुख सचेतक तथा केन्द्रीय सदस्य श्याम घिमिरेले पार्टीको मूल आदर्शका रूपमा रहेको ‘समाजवादी’ शब्द हटाउन माग गरेका छन् । जारी केन्द्रीय समिति बैठकमा घिमिरेले कांग्रेसले समाजवादी शब्द राख्दा कम्युनिस्टहरूलाई फाइदा भएको भन्दै उक्त शब्द हटाउनुपर्ने माग राखेका हुन् ।
नेपाली कांग्रेसले स्थापनाकाल देखिनै राष्ट्रियता, प्रजातन्त्र र समाजवादलाई मूल आदर्श मान्दै आएको छ । ‘संसारका कुनै पनि लोकतान्त्रिक मुलुकले आफूलाई समाजवादी भन्दैनन्, हामी र कम्युनिस्ट पार्टीबिचको अन्तर छुट्टाउन पनि कांग्रेसले समाजवाद शब्द हटाउनुपर्छ’, घिमिरेले रातोपाटीसँग भने, ‘आज बीपी जीवित हुनुभएको भए समाजवादको रटान लगाइरहनुहुन्थ्यो रु के हामीले भनेजस्तो स्केन्डेभियन मुलुकहरूले आफूलाई समाजवादी भन्छन् कि, सोसल डेमोक्रयाट
सोमबारको केन्द्रीय समिति बैठकमा उद्योगपति समेत रहेका केन्द्रीय सदस्य विनोद चौधरीले पार्टीले निजी क्षेत्रको आकांक्षा र चाहनाको नेतृत्व गर्छ कि गर्दैन भन्ने अन्योल रहेकाले स्पष्ट पार्टीले पार्नुपर्ने बताएका छन् । ‘८० प्रतिशतभन्दा बढी लगानीको अभिभारा निजी क्षेत्रसँग रहेको छ । तर लगानीकर्ता निराश र त्रसित रहेका छन्’, चौधरीको भनाइ छ ।कांग्रेसको आर्थिक नीति र दृष्टिकोण अहिलेसम्म पनि अस्पष्ट रहेको भन्दै चौधरीले पार्टीको आर्थिक दृष्टिकोणलाई नयाँ ढङ्गले परिभाषित गर्ने बेला भएको बताए । रातोपार्टी