काठमाडौँ, साउन १९ । भारतका चर्चित कथाकार अनिरुद्धाचार्य जी महाराज काठमाडौं आइपुगेका छन् ।
भारतको मध्य प्रदेशमा जन्मिएका अनिरुद्धाचार्य महाराज कथा प्रवचनको क्षेत्रमा निकै लोकप्रिय वाचक अन्तर्गत पर्दछन्।
उनका प्रवचन सुन्न हरेक कार्यक्रममा लाखौं भक्तजन सहभागी हुन्छन् ।
नेपालको इतिहासकै सबैभन्दा ठूलो ऐतिहासिक कार्यक्रम मानिने पशुपति कोटिहोम महायज्ञमा कथनकार अनिरुद्धाचार्य जी महाराज सहभागी भएका छन् । उनी शनिबार बिहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेका हुन् ।
आचार्य अनिरुद्धाचार्यले शनिबार दिउँसो पशुपतिनाथ मन्दिरको दर्शन गरी पशुपति कोटिहोम महायज्ञमा आशीर्वचन पनि राख्ने छन् ।
महायज्ञका सङ्कल्पकर्ता वालयोगेश्वर विजयकृष्ण मूर्ति जी महाराजले महाराज स–परिवारसहित नेपाल आएकाले कथा प्रवचन गर्ने कार्यक्रम रहेको बताए ।
अनिरुद्धाचार्य महाराज डेढ घण्टा प्रवचन दिएर भारत प्रस्थान गर्ने कार्यसूची छ ।