
काठमाडौं, साउन १६। संघीय संसदअन्तर्गतका चार संसदीय समितिको बैठक आज बस्दैछ । बिहान ११ बजे राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा गृहमन्त्री रमेश लेखकलाई पनि बोलाइएको छ । बैठकको शान्ति सुरक्षा र कारागार व्यवस्थापनका विषयमा छलफल हुने कार्यसूची छ ।
त्यस्तै उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठक पनि बिहान ११ः३० बजे बस्नेछ ।
बैठकमा विद्युतीय व्यापार विधेयक, २०८० सम्बन्धी संशोधन प्रस्तावकर्तासँग छलफल हुनेछ ।
पूर्वाधार विकास समितिको बैठक बिहान ११ बजे बस्नेछ । बैठकमा नागढुङ्गा सुरुङमार्ग र नागढुंगा–मुग्लिन सडक खण्डको विषयमा छलफल हुने संसद सचिवालयले जनाएको छ ।
सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठक बिहान सवा ११ बजे सुरु हुनेछ ।
बैठकमा सिंहदरबार वैद्यखानाको अवलोकन भ्रमणबारे विषयमा छलफल हुने बताइएको छ । रातोपाटी