काठमाडौँ, साउन ११ । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयले भारतीय काश्मीरको श्रीनगरमा पाँच महिनादेखि बन्धक बनाएका २८ नेपाली कामदारको उद्धार गरी नेपाल फर्काएको छ । काश्मिरको श्रीनगरमा ५ महिनादेखि बन्धक बनाएका २८ नेपाली मजदुरलाई मन्त्रालयको टोलीले उद्धार गरी नेपाल फर्काएको छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो फेसबुक पेज मार्फत श्रमिकको उद्धारको जानकारी दिएका छन् । सिराहाका २१ र धनुषाका ७ जना कामदार रहेका छन् । उनीहरुलाई आज जिल्ला मानव बेचबिखन नियन्त्रण समितिमा जिम्मा लगाइएको छ ।
मानव बेचबिखन नियन्त्रण समितिले आज सबैलाई घरदैलो पठाउने भएको छ । उद्धारका लागि मन्त्रालयका सचिव दिनेश भट्टराईको नेतृत्वमा टोली सक्रिय भएको थियो । प्रधानमन्त्री ओलीले उद्धार कार्य सफल बनाउन मन्त्रालयका सचिव दिनेश भट्टराईसहितको टोलीलाई धन्यवाद दिएका छन् । रातोपाटी