
काठमाडौं, साउन १० । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठक बस्दैछ ।
महामन्त्री तथा पार्टी प्रवक्ता मुकुल ढकाललाई बर्खास्त गरेपछि राप्रपा केन्द्रीय समितिको यो पहिलो बैठक हो ।
आज बिहान ११ बजे केन्द्रीय कार्यालय बनस्थलीमा बस्ने बैठकमा संगठनको आन्तरिक रणनीति, आगामी कार्यक्रम र महाधिवेशनको तयारीका विषयमा छलफल हुने कार्यवाहक प्रवक्ता मनिष झाले जानकारी दिए ।
बैठकमा रास्वपाबाट उपसभामुख बनेकी इन्दिरा रानामारले अमेरिकी दूतावासलाई लेखेको विवादित पत्र लगायतका विषयमा पनि छलफल हुन सक्ने एक नेताले बताए ।
रानामगरले ४ पुरुष र एक महिलालाई भिसाका लागि अन्तर्वार्ताको डेट मिलाइदिन आग्रह गर्दै अमेरिकी दूतावासमा पत्र पठाएकी थिइन् । जसका कारण उनी विवादमा तानिएकी थिइन् । रास्वपाले उनको रक्षा गर्दै आएको छ।
onlinekhabar