काठमाडौं, साउन ९ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा दुर्घटना भएको सौर्य एयरलाइन्सको विमानमा एकै परिवारका तीन जनाको मृत्यु भएको खुलासा भएको छ ।
बुधबार बिहान ११ बजेर ११ मिनेटमा काठमाडौंबाट पोखराका लागि उडेको सौर्य ९ एन/एएमईरसीआरजे २०० कलसाइनको विमान दुर्घटनामा परेको हो।
दुर्घटनामा १८ जनाको मृत्यु भएको छ । क्याप्टेन मनिष शाक्यको उद्धार गरी अस्पतालमा उपचार भइरहेको छ ।
ज्यान गुमाउनेमा एकै परिवारका तीन जना रहेको खुलासा भएको छ ।
एयरलाइन्सका प्राविधिक मनुराज शर्मा, उनकी श्रीमती प्रिजा खतिवडा र छोरा अधिराज शर्माको मृत्यु भएको हो । प्रजा ऊर्जा मन्त्रालयमा काम गर्थिन् ।
जहाजमा रहेका सूर्या एयरलाइन्सकै सबै कर्मचारी पनि केही परिवारका सदस्य रहेको खुलासा भएको छ ।