सांसदहरुले घुस लिएको आरोप लागेपछि छानबिन गर्न समिति गठन


Deep Diamond

हेटौंडा, साउन ८ । पाठ्यक्रम विकास केन्द्रबाट सेवा लिँदा सांसदहरुले घुस लिएको आरोप लागेपछि शिक्षा मन्त्रालयले छानबिन समिति गठन गरेको छ । शिक्षा तथा मानव संसाधन विकास केन्द्रका प्रवक्ता एवं उपमहानिर्देशक बसन्त प्रसाद कोइरालाको संयोजकत्वमा तीन सदस्यीय छानबिन समिति गठन गरिएको छ ।

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले मन्त्रीस्तरीय निर्णय गर्दै छानबिन गर्न निर्देशन दिएकी हुन् । समितिमा मन्त्रालयका प्रवक्ता केशव प्रसाद दाहाल, उपसचिव रामप्रसाद शर्मा र शाखा अधिकृत पुष्पा वाग्ले सदस्य रहेको जानकारी दिए ।

प्रतिनिधिसभाको बैठकमा जनता समाजवादीका सांसद वीरेन्द्र महतोले छोराको समकक्षता लिन पाउन पाँच हजार घुस दिनुपरेको बताए । भारतीय सिबीएसईको पाठ्यक्रम पढेपछि नेपालबाट समकक्षता लिँदा ५ हजार घुस दिएर मात्रै जागिर पाएको भन्दै उनले संसदमा प्रश्न उठाए ।

मन्त्रालयले समकक्षताको प्रमाणपत्र लिँदा अपनाउनुपर्ने प्रक्रिया, सोमा लाग्ने दस्तुर लगायतका विषयवस्तुका सम्बन्धमा आवश्यक छानबिन गरी सात दिनभित्रमा प्रतिवेदन पेस गर्न भनेको छ । रातोपाटी


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Array

ताजा समाचार

धेरै पढिएको