
काठमाडौं, साउन ८ । एसीसी महिला एसिया कप क्रिकेटमा नेपालले आज भारतको सामना गर्दैछ । समूह चरणको अन्तिम खेलमा नेपालले बलियो प्रतिद्वन्द्वी भारतसँग प्रतिस्पर्धा गर्दैछ ।
श्रीलंकाको डम्बुला मैदानमा साँझ ७ः१५ बजे सुरु हुने खेलमा भारतले पछाडीको जितसहित अघिल्लो चरणमा प्रवेश गर्ने लक्ष्य लिएको छ । अघिल्लो चरणमा प्रवेश गर्न नेपाललाई भारतविरुद्ध जितको दबाब छ ।
नेपालले पहिलो खेलमा युएईलाई ६ विकेटले पराजित गरेको थियो भने दोस्रो खेलमा पाकिस्तानसँग ९ विकेटले पराजित भएको थियो ।
समूह चरणका दुई खेलपछि भारत चार अंकसहित समूह ‘ए’को शीर्ष स्थानमा छ । रनरेटका आधारमा नेपाल र पाकिस्तान एक हार र एक जितसहित समान दुई अंकसहित दोस्रो र तेस्रो स्थानमा छन् । यस समूहको युएईले खाता खोल्न सकेको छैन।
अर्को खेलमा आज युएईले पाकिस्तानको सामना गर्नेछ । खेल दिउँसो २ः१५ बजे सुरु हुनेछ ।
नेपाली महिला एसिया कप टोलीको कप्तानी इन्दु बर्माले गरेकी छिन् । पूर्व कप्तान रुविना क्षेत्रीसँगै सीता रानामार, विन्दु रावल, कविता कुँवर, पूजा महतो, कविता जोशी, सम्झना खड्का, काजोल श्रेष्ठ, सबनम राई, राजमती ऐरी, ममता चौधरी, कृतिका मरासिनी, रोमा थापा र डली भट्ट नेपालली टिममा समावेश रहेका छन् । सेतोपाटी