गाडीको ठक्करबाट पोखरामा मोटरसाइकल चालकको मृत्यु


काठमाडौं, साउन ६ । कास्कीको पोखरा महानगरपालिका वडा नं ६ हल्लन चोकमा भएको सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ ।

आज बिहान ५ः४० बजे ग ३ च ३४५७ नम्बरको हाइलक्स गाडी र ग ११ प ९१ नम्बरको मोटरसाइकल ठोक्किँदा मोटरसाइकल चालक २६ वर्षीय ईश्वर परियारको मृत्यु भएको हो ।

उनलाई गण्डकी मेडिकल कलेज पठाइएकोमा आज बिहान ६ बजेर ४३ मिनेटमा चिकित्सकले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।

वडा प्रहरी कार्यालय बैदामको टोली, हाइलक्स गाडी चालक, बर्दियाको ठाकुरबाबा नगरपालिका ८ स्थायी घर भई हाल कास्कीको पोखरा महानगरपालिका वडा नं. १७ ड्यामसाइड बस्ने ३० वर्षीय सुशील दहितलाई नियन्त्रणमा लिएको छ ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Array

ताजा समाचार

धेरै पढिएको