काठमाडौं, साउन ५ । त्रिशूलीमा पहिरोले बगाएको बस र शवको खोजीका लागि भारतीय उद्धार टोली परिचालन गरिएको छ ।
नारायणगढ–मुग्लिन सडकखण्डको सिमलतालबाट त्रिशूली जाँदै गर्दा बेपत्ता भएका दुईवटा बस अहिलेसम्म फेला परेका छैनन् । भारतीय सीमा क्षेत्रमा शव फेला परेको छ ।
हराएका बस र नागरिकको खोजीका लागि नेपालले भारतसँग सहयोग मागेको छ । भारतबाट आएको उद्धार टोली शुक्रबार राति त्यसतर्फ प्रस्थान गरेको थियो ।
घटनास्थलमा आज १२ सदस्यीय टोली जाने गृह मन्त्रालयको विपद् महाशाखाका प्रमुख भीष्मकुमार भुसालले जानकारी दिए ।
सिमलतालमा असार २८ गते पहिरोमा परी त्रिशूली नदीमा खसेका २३ यात्रुको शव फेला परेको छ ।
दुवै बसमा रहेका ६५ यात्रुमध्ये ३ जना पौडी खेल्न सफल भएका थिए भने बाँकी बेपत्ता भएका छन् ।
नदीमा डुबेर ६२ यात्रुमध्ये शुक्रबार दिउँसोसम्म २३ जनाको शव फेला परेको छ । ३९ जनाको अवस्था भने खुल्न बाँकी छ ।
अधिकांश शव घटनास्थलभन्दा १०३ किलोमिटर मुनि गण्डक ब्यारेज वरपर फेला परेका थिए । चितवनतर्फ ५, पश्चिम नवलपरासीमा १ र पूर्वी नवलपरासीमा १७ जनाको शव फेला परेको छ ।









