एमालेले सरकारलाई बुझायो सुझावपत्र


काठमाडौं, साउन ४ । नेकपा एमालेका नेताहरुले सरकारलाई सुझावपत्र बुझाएका छन् ।

पार्टीका तर्फबाट महासचिव शंकर पोखरेल लगायतका नेताहरूले आ–आफ्नो पार्टी नेतृत्वको सरकारलाई सुझावपत्र बुझाएका छन् । अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीको सुझाव बुझेका छन् ।

‘एमालेले हामीलाई भन्न पनि पाउँछ । पोहोर साल यो दिएको थियो, यो चाहिँ तपाईँहरुले गर्नु भएन भन्न पाउँछ’, ओलीले भने ।’ प्रधानमन्त्री ओलीले ‘समृद्ध नेपाल, सुखी नेपाली’को ८ लक्ष्य आगामी १९ वर्षभित्र पूरा गर्न सरकार अगाडि बढेको बताए ।

प्रधानमन्त्री ओलीले आफू पार्टी अध्यक्ष भए पनि अहिले सरकारका तर्फबाट एमालेको सुझाव बुझेको बताए । प्रधानमन्त्री ओलीले सुझाव बुझ्दै एमालेले दिएको सुझावलाई कार्यान्वयन गरिने बताए ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Array

ताजा समाचार

धेरै पढिएको