चीनको एक सपिङ सेन्टरमा आगलागी हुँदा १६ जनाको मृत्यु


काठमाडौं, साउन ३ । चीनको एक सपिङ सेन्टरमा आगलागी हुँदा १६ जनाको मृत्यु भएको छ ।

चीनको दक्षिणपश्चिम सिचुआन प्रान्तको जिगोंग सहरमा रहेको १४ तले भवनमा रहेको एउटा सपिङ मलमा बुधबार साँझ आगलागी भएको छ ।

आगलागी हुँदा ३ सयभन्दा बढी उद्धारकर्ताले दमकलसहित आगो नियन्त्रणमा लिएका थिए ।

त्यसको बाबजुद पनि १६ जनाको मृत्यु भएको छ भने ३० जना घाइते भएका छन्, बीबीसीले स्थानीय सञ्चारमाध्यमलाई उद्धृत गर्दै जनाएको छ ।

आगलागीको कारण खुल्न नसकेको भए पनि गएराति उद्धार कार्य सकिएको छ ।

अहिले आगलागीको कारण र क्षतिबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Array

ताजा समाचार

धेरै पढिएको