फर्कने तयारीमा रहेका राजदूत शर्मा दिल्लीमै रोकिए


काठमाडौँ, साउन २ ।  यसअघिको प्रचण्ड सरकारको निर्णयसँगै काठमाडौं फर्कने तयारीमा रहेका भारतीय राजदूत डा. शंकर शर्मा तत्काल रोकिए ।

नेपालमा गठबन्धन परिवर्तन भएसँगै कांग्रेसको समर्थनमा बनेका प्रधानमन्त्री केपी ओली र परराष्ट्रमन्त्री डा। आरजु राणा देउवाबीच छलफल भएपछि शर्मा दिल्लीमै रोकिएको उच्च स्रोतले बतायो ।

उहाँहरुबीच विकसित अवस्थामा भारतमा राजदूतको पद खाली छाड्न नहुने सल्लाह भएको बुझिएको छ, अब १५ दिनलाई थमौती भनिएको छ । डा.शर्माको कार्यकाल लम्बिने सम्भावना छ ।

दिल्लीस्थित दूतावास स्रोतका अनुसार राजदूत शर्माले फिर्ता हुन पाएको निर्देशनसँगै झोला, गुन्टा सबै काठमाडौं पठाउन तयार पारिसकेका थिए । तर काठमाडौंबाट प्राप्त नयाँ सूचनासँगै उनी रोकिएका छन् ।

‘सम्भवतः राजदूतज्यू यतै रहनसक्ने बुझेका छौं, उहाँले पठाउन लागेका सामान सबै रोक्नुभयो’, दूतावासका एक अधिकारीले भने ।

डा.शर्मा यसअघि कांग्रेस–माओवादी गठबन्धन सरकार हुँदा कांग्रेस कोटाबाट राजदूत नियुक्त भएका थिए । तत्कालीन प्रधानमन्त्री प्रचण्डले गठबन्धन परिवर्तन गरी एमालेसँग सहकार्य गरेपछि मन्त्रिपरिषद्ले भारत, अमेरिका, बेलायतलगायत ११ देशका राजदूत फिर्ता गर्ने निर्णय गरेको थियो ।

फिर्ताको सूचीमा डा. शर्मा पनि थिए । तर फेरि एमालेसँगको सत्ता समीकरणले कांग्रेस पनि सरकारमा सहभागी भएपछि नयाँ अवस्था सिर्जना हुनसक्ने सम्भावना छ ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Array

ताजा समाचार

धेरै पढिएको