काठमाडौँ, असार २८ । बुद्ध एयरको जहाज भैरहवा विमानस्थलमा अवतरण गर्ने क्रममा धावनमार्गमा चिप्लिएको छ ।
गएराति काठमाडौंबाट भैरहवाका लागि यात्रु बोकेको बुद्ध एयरको नाइनएन एओसी कलसाइन जहाज विमानस्थलको पूर्वबाट पश्चिमतर्फ अवतरण गर्ने क्रममा धावनमार्गबाट चिप्लिएरर अगाडिको घाँसे मैदानमा पुगेको थियो ।
बुद्ध एयरका सञ्चार प्रबन्धक दीपेन्द्र कर्णका अनुसार भारी वर्षाका कारण चिप्लिएर जहाजको केही भाग घाँसे मैदानमा पुगेको थियो।
जहाजमा रहेका सबै ५६ यात्रु र चालक दलका सदस्य सुरक्षित रहेको उनले बताए।
उनीहरु राति आफ्नो गन्तव्यतर्फ प्रस्थान गरेका थिए ।
विहानसम्म जहाज धावनमार्गमै छ । जहाज धावनमार्गमै रहेकाले विमानस्थल बन्द छ ।