काठमाडौं, असार २७ । बिहीबार बसेको संसदीय दलको बैठकले प्रधानमन्त्रीले मागेको विश्वासको मतमा विपक्षी दललाई मतदान गर्ने निर्णय गरेको सांसद धवलशमशेर राणाले जानकारी दिए ।
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत नदिने निर्णय गरेको छ ।
प्रधानमन्त्री प्रचण्डले भोलि शुक्रबार प्रतिनिधिसभामा विश्वासको मत लिँदैछन् ।









