
असार २६ । लुम्बिनी प्रदेशका कृषि तथा भूमि व्यवस्थामन्त्री भण्डारीलाल अहिरले राजीनामा दिएका छन् । अशोक राई नेतृत्वको जनता समाजवादी पार्टीका नेता समेत रहेका मन्त्री अहिरले लुम्बिनी प्रदेशका मुख्यमन्त्री जोखबहादुर महरालाई आज राजीनामा बुझाएका छन् ।
जसपाले कांग्रेस–एमाले गठबन्धनको साथमा रहेको कारण माओवादी नेतृत्वको सो सरकारबाट आफ्ना मन्त्री फिर्ता बोलाएको सो पार्टीमा महासचिव इस्तियाक राईले बताए । रातोपाटी