
काठमाडौं, असार २६ । नेकपा माओवादी केन्द्र संसदीय दलको बैठक आज बस्दैछ । बैठक दिउँसो २ बजे पार्टी कार्यालयमा बस्दैछ ।
नेकपा माओवादी केन्द्रकी सचेतक रुपा सोशी चौधरीको अनुसार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले लिने विश्वासको मतका विषयमा असार २८ गते बस्ने बैठकमा छलफल हुने जानकारी दिइन् ।
नेकपा एमालेले माओवादी केन्द्रसँगको सत्ता साझेदारी तोडेर समर्थन फिर्ता लिँदै सरकारबाट बाहिरिएपछि प्रधानमन्त्री प्रचण्डले विश्वासको मत लिने भएका छन् । एमाले बाहिरिएपछि अशोक राई नेतृत्वको जसपा पनि सरकारबाट बाहिरिएको छ ।
कांग्रेस र एमाले नयाँ गठबन्धनमा सरकार बनाउने तयारीमा छन् । समग्र राजनीतिक अवस्थाबारे सांसदहरूलाई जानकारी गराउन पार्टी बैठक पनि बोलाइएको माओवादी केन्द्रले जनाएको छ ।