रास्वपाको महामन्त्री र प्रवक्ताबाट निष्कासित भएका ढकालले पत्रकार सम्मेलन गर्दै


Deep Diamond

काठमाडौं, असार २६ । राष्ट्रिय स्वतन्त्र पार्टीका महामन्त्री पदबाट निष्कासित भएका डा. मुकुल ढकालले पत्रकार सम्मेलन गर्ने भएका छन् । बुधबार दिउँसो ३ बजे पत्रकार सम्मेलन गर्न लागेको ढकालले जानकारी दिए ।

ढकाललाई महामन्त्री, प्रवक्ता र केन्द्रीय सदस्य नभई मंगलबार मात्रै पार्टीको जिम्मेवारीबाट मुक्त गरेको थियो ।

केही समयअघि ढकालले सभापति लामिछानेलाई समीक्षा यात्रापछि तयार पारेको प्रतिवेदन बुझाएका थिए । प्रतिवेदनमा पार्टी सञ्चालन र सभापतिको कार्यशैलीको पनि कडा आलोचना गरिएको थियो ।

प्रतिवेदनमा लेखिएका कुरा पार्टी नीति विपरीत सार्वजनिक गरेको लगायतको आरोपमा ढकाललाई केन्द्रीय समितिले पदबाट निलम्बन गरेको हो । तर, पार्टीको निर्णयमा उनलाई ३५ दिनभित्र पुनरावलोकनका लागि समय दिइएको छ । रातोपाटी


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Array

ताजा समाचार

धेरै पढिएको