क्यानडालाई २–० ले हराउँदै अर्जेन्टिना कोपा अमेरिकाको फाइनलमा


असार २६ । बुधबार बिहान मेटलाइफ रंगशालामा भएको खेलमा अर्जेन्टिनाले क्यानडालाई २–० ले हराउँदै फाइनलमा पुगेको हो ।

२२ औं मिनेटमा अल्भारेजले गोल गर्दै अर्जेन्टिनालाई अग्रता दिलाएका थिए ।

दोस्रो हाफको ५१ औं मिनेटमा लियोनल मेस्सीले अग्रता दोब्बर पार्दै अर्जेन्टिनालाई जित दिलाए ।

अर्जेन्टिनाको जितमा जुलियन अल्भारेज र कप्तान लियोनल मेस्सीले गोल गरे ।

क्यानडाभने गोल हान्न नसकेपछि अर्जेन्टिना विजयी भएको हो।

जारी प्रतियोगितामा अर्जेन्टिना अपराजित छ ।

समूह चरणमा चिली, क्यानडा र पेरुलाई हराएपछि अर्जेन्टिना क्वार्टरफाइनलमा इक्वेडरलाई टाइब्रेकरमा पराजित गर्दै सेमिफाइनलमा प्रवेश गरेको थियो ।

अर्जेन्टिनाले अब उपाधिका लागि कोलम्बिया र उरुग्वेबीचको भोलि हुने खेलको विजेतासँग खेल्नेछ ।

युरोकपको फाइनल खेल जुलाई १५ मा हुनेछ ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Array

ताजा समाचार

धेरै पढिएको