नेकपा एमालेको केन्द्रीय सचिवालय बैठक स्थगित


काठमाडौँ, असार २४ । नेकपा (एमाले) को केन्द्रीय सचिवालय बैठक स्थगित भएको छ । मंगलबार दिउँसो १ बजेका लागि बोलाइएको सचिवालय बैठक अन्तिम चरणमा पुगेपछि स्थगित भएको हो ।

‘आजका लागि बोलाइएको बैठक असार २६ गते बुधबार बिहान ११ बजेका लागि स्थगित गरिएको छ,’ एमाले प्रचार विभागका सदस्य गगन विष्टले जानकारी दिनुभयो । एमाले सचिवालय बैठकले २०८१ को कार्ययोजना स्वीकृत गर्ने तयारी गरेको थियो ।

ओलीको स्वास्थ्यमा समस्या आएपछि बैठक स्थगित भएको बताइएको छ ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Array

ताजा समाचार

धेरै पढिएको