नेपाली बजारमा आज सुनको मूल्य प्रतितोला चार सय रूपैयाँले घट्यो


असार २४ । नेपाली बजारमा आज (सोमबार) सुन–चाँदीको मूल्य घटेको छ।

सोमबार चाँदीको मूल्य भने स्थिर रहेको छ।

आइतबार प्रतितोला एक हजार रूपैयाँ बढेर नयाँ रेकर्ड रहेको सुनको भाउ आज प्रतितोला चार सय रूपैयाँ घटेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ४५ हजार रूपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख ४४ हजार तीन सय रूपैयाँमा कारोबार भइरहेको छ।

आइतबार छापावाल सुन प्रतितोला एक लाख ४५ हजार चार सय रूपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख ४४ हजार सात सय रूपैयाँमा कारोबार भएको थियो।

आइतबार प्रतितोला एक हजार आठ सय ९० रूपैयाँमा कारोबार भएको चाँदी सोमबार पनि सोही मूल्यमा किनबेच भइरहेको छ।

आज अन्तर्राष्ट्रिय बजारमा भने सुन प्रतिऔंस २३ सय ८६ अमेरिकी डलरमा कारोबार भइरहेको छ।

 


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Array

ताजा समाचार

धेरै पढिएको