मधेस प्रदेशमा एचआइभी बाट प्रभावित ४ हजार २८७ जना प्रभावित


जनकपुरधाम, असार २३ । मधेस प्रदेशका जिल्लामा एचआइभी एड्सबाट प्रभावित ४ हजार २८७ जनाको नियमित औषधि सेवन गरी उपचार भइरहेको एक कार्यक्रममा जानकारी दिइएको छ ।

प्रदेश जनस्वास्थ्य प्रयोगशाला जनकपुरधामले धनुषाको लालगढमा आयोजना गरेको तीनदिने तालिमको समापन कार्यक्रममा विज्ञहरुले एचआइभी सङ्क्रमितको सङ्ख्या योभन्दा बढी रहेकोले यसको रोकथाममा प्रयोगशाला परीक्षणले महत्वपूर्ण भूमिका खेल्ने बताए ।

मधेश प्रदेश जनस्वास्थ्य प्रयोगशाला जनकपुरधामका प्रमुख तथा वरिष्ठ भाइरोलोजिस्ट डा. श्रवणकुमार मिश्रले मधेस प्रदेश सरकारले मधेसका १३६ नगरपालिकामा प्रयोगशाला स्थापना गरी विभिन्न सरुवा तथा नसर्ने रोगको नियमित परीक्षण गर्ने काम गरिरहेको जानकारी दिनुभयो ।

उहाँले रोगको पहिचान तथा निदानमा प्रयोगशालाको महत्वपूर्ण भूमिका हुने बताउँदै प्रदेश भरिमा स्थापना भएको प्रयोगशालाहरूले दीर्घ रोगहरूको पहिचान तथा नियन्त्रणमा काम गरेर प्रदेशवासीलाई स्वस्थ राख्ने अभियानमा लागेको बताउनुभयो ।

मधेश प्रदेश स्वास्थ्य आपूर्ति केन्द्रका निर्देशक डा. मनिष कुमार पाण्डेले रोग पहिचान र नियन्त्रणमा प्रयोगशाला महत्वपूर्ण रहेको बताउँदै मधेस प्रदेशका जनतालाई स्वस्थ बनाउन प्रयोगशालाको योगदान महत्वपूर्ण रहेको बताए ।

कार्यक्रममा मुख्य प्रशिक्षक सन्तोषकुमार यादव, युनिसेफका चन्द्र नारायण साह र सहभागी प्रशिक्षार्थीहरुले बोल्नुभएको थियो । शिशीष न्युज


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Array

ताजा समाचार

धेरै पढिएको