संविधान संशोधन पश्चगमन नभएको अध्यक्ष ओलीले बताए


काठमाडौं, असार २३ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले संविधान संशोधन पश्चगमन नभएको बताएका छन् ।

आइतबार बसेको संसदीय दलको बैठकमा अध्यक्ष ओलीले राजनीतिक स्थायित्वको आधार तयार पार्ने कुरा देश र जनताको हितमा हुने बताए । संविधान जारी भएपछि अहिलेसम्म देखिएका समस्यालाई हामीले ध्यानमा राखेका छौं । ती समस्या समाधान गर्न संविधान संशोधन गर्नुपर्छ भनिएको छ,’ दलको बैठकमा ओलीले भने, ‘राजनीतिक स्थायित्वको खोजीमा संविधान संशोधन गर्ने कुरा पश्चगमन होइन ।’

बैठकले संविधानको धारा ७६–२ बमोजिम नेपाली कांग्रेसको समर्थनमा ओलीलाई प्रधानमन्त्री बनाउने सहमति गरेको हो । सँगै, नयाँ सरकार बनाउने सहमति ठूला दलहरूले गरिसकेकाले विश्वासको मत लिने बाटोतिर नलाग्न प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग आग्रह गर्ने निर्णय समेत बैठकले गरेको छ ।

संविधान थप बलियो बनाउनकै लागि संशोधन जरुरी रहेकाले सबै दलले साथ दिनुपर्ने ओलीले बताए । देशलाई स्थायित्वतर्फ लैजान ठूला दलहरु मिलेर राष्ट्रिय सरकार बनाउँदैछौं । यो सरकारमा सबैको सहभागिता हुनुपर्छ,’ ओलीले भने ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Array

ताजा समाचार

धेरै पढिएको