काठमाडौं, असार २१ । नेपाल क्रिकेट संघ क्यानले क्रिकेटर सन्दीप लामिछानेलाई ‘ए’ ग्रेडमा राख्ने निर्णय गरेको छ ।
क्यानको बिहीबार बसेको बैठकले यस्तो निर्णय गरेको हो । जबर्जस्ती करणी मुद्दामा सन्दीप निलम्बनमा रहेको अवस्थामा पनि उनी क्यानको सेन्ट्रल कन्ट्रयाक्टमा थिएनन् ।
उच्च अदालतले बलात्कार मुद्दाबाट सफाइ पाएपछि उनले विश्वकप खेलेका थिए ।
ए ग्रेडमा कप्तान रोहित पौडेलसँगै सोमपाल कामी, दीपेन्द्रसिंह ऐरी, आसिफ शेख र कुशल भुर्तेल रहेका छन् ।
सन्दीप पनि यसमा संलग्न छन् । क्यानले ‘ए’ ग्रेड खेलाडीलाई मासिक १ लाख रुपैयाँ तलब दिँदै आएको छ ।










