भारत आइसिसी टी-२० विश्वकपको फाइनलमा


काठमाडौं, असार १४ । इंग्ल्याण्डलाई पराजित गर्दै भारत आइसिसी टी-२० विश्वकपको फाइनलमा पुगेको छ।

वेस्ट इण्डिजको गुएनास्थित प्रोविडेन्स स्टेडियममा इंग्ल्याण्डलाई ६८ रनले पराजित गर्दै भारत फाइनलमा पुगेको हो।

पहिले ब्याटिङ गरेको भारतले ७ विकेट गुमाएर १७१ रन बनाएको थियो।

त्यस क्रममा कप्तान तथा ओपनर रोहित शर्माले अर्धशतक हाने। उनले ३९ बलमा ६ चौका र २ छ्क्का हानेर ५७ रन बनाए।

त्यस्तै सूर्यकुमार यादवले ३६ बलमा ४ चौका र २ छक्का प्रहार गरी ४७ रन जोडे। हार्दिक पाण्ड्याले १३ बलमा २३ रन बनाउँदा १७ रन बनाउँदै रवीन्द्र जडेजा नट आउट रहे।

ओपनर विराट कोहली ९ रन र रिशभ पन्त ४ रनमा आउट हुँदा शिवम् दुबे शून्यमा आउट भए।

बलिङतर्फ इंग्ल्याण्डका क्रिस जोर्डनले ३ तथा अदिल रिस टोप्ले, जोफ्रा आर्चर, साम करण र अदिल रसिदले १र१ विकेट लिए।

१७२ रनको लक्ष्य पछ्याएको इंग्ल्याण्डलाई भारतले १६.४ ओभरमा अल आउट गर्दै १०३ रनमा अलआउट गर्‍यो।

त्यस क्रममा अक्षर पटेल र कुलदीप यादवले ३र३ तथा जसप्रित बुमराहले २ विकेट लिए ।

इंग्ल्याण्डका लागि ह्यारी ब्रुकले २५ रन बनाए ।

कप्तान तथा ओपनर जोस बटलरले १५ बलमा चार चौका प्रहार गर्दै २३ रन बनाए ।

जोफ्रा आर्चरले १५ बलमा १ चौका र २ छक्का प्रहार गर्दै २१ रन बनाए ।

ओपनर फिल सल्ट ५ रन, मोइन अली ८ रन, साम करण २ रन, क्रिस जोर्डन १ रन, आदिल रसिद २ रनमा आउट हुँदा जोनी बैर्स्टो शून्यमा आउट भए।

भारतले उपाधिका लागि दक्षिण अफ्रिकासँग भोलि राति ८:१५ बजे खेल्नेछ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Array

ताजा समाचार

धेरै पढिएको