८ ओभर नसकिदै दक्षिण अफ्रिकाले जित हासिल गर्दै गर्‍यो फाइनलको पहिलो यात्रा तय


असार १३ । अफगानिस्तानलाई ९ विकेटले हराएपछि दक्षिण अफ्रिकाले जारी आईसीसी टी-२० विश्वकप २०२४ को फाइनलमा पहिलो यात्रा तय गरेको छ। पहिलो सेमिफाइनल खेलमा अफगानिस्तानलाई ९ विकेटले पराजित गर्दै दक्षिण अफ्रिका उपाधिको नजिक पुगेको छ ।

अफगानिस्तानले दिएको ५७ रनको कुल लक्ष्य दक्षिण अफ्रिकाले ८ दशमलव ५ ओभरमा पूरा गरेको थियो । टस जितेर पहिले ब्याटिङ गरेको अफगानिस्तानले ११.५ ओभरमा पुरा १० विवकेट गुमाएर ५६ रन मात्र बनाएको थियो ।

समूह चरणदेखि सुपर ८ सम्म राम्रो प्रदर्शन गरेको अफगानिस्तानले सेमिफाइनलमा ब्याटिङ नै चलेन। अफगानिस्तानका रामनुल्लाह गुर्वाज खाता नखोल्दै आउट भए । गुलबुद्दिन नाइब ९ रन बनाएर आउट भए र अफगानिस्तानले १६ रनमा २ विकेट गुमाएको थियो । ओपनर इब्राहिम जर्दानले तेस्रो विकेट गुमाए । जर्दान २ रनमा आउट हुँदा अफगानिस्तानले २० रन बनाएको थियो ।

सोही स्कोरमा मोहम्मद नावी खाता नखोल्दै आउट भए । २३ रनको स्कोरमा अफगानिस्तानले पाँचौँ विकेट गुमाएको हो । अफगानिस्तानका नानगेलिया खरोटे २ रन बनाएर आउट भए । पावर प्लेको समाप्तीमा अफगानिस्तानले ५ विकेट गुमाएर २८ रन बनाएको थियो ।

छैटौँ विकेटको रूपमा अज्मतुल्लाह ओमरजाईले सर्वाधिक १० रन बनाए । ५० रनको स्कोरमा सातौँ विकेट गुमाउँदा करिम जनतले ८ रनको योगदान गरे । यसैगरी १०.२ ओभरमा कप्तान रासिद खान पनि ८ रन बनाएर नवौँ विकेटको रूपमा पभेलियन फर्किए । ११.५ ओभरमा ५६ रन हुँदा नभिन उल हक २ रन बनाएर आउट हुँदा अफगानिस्तान अलआउट भयो । फजलहक फारुकी २ रनमा नटआउट रहे ।

दक्षिण अफ्रिकाका मार्को जेनसेनले ३ ओभरमा १६ रन खर्चिएर ३ विकेट लिए । यसैगरी तबरेज शम्सीले १.५ ओभरमा ६ रन दिएर ३ विकेट लिए । कागिसो रबाडाले ३ ओभर बलिङ गर्दा १ ओभर मेडन राखेर १४ रन खर्चिदै २ विकेट लिँदा एनरिच नोट्जेले ३ ओभरमा ७ रन खर्चिएर २ विकेट लिए ।

५७ रनको सामान्य लक्ष्य पछ्याउँदा दक्षिण अफ्रिकाको सुरुआत भने राम्रो रहेन । जारी विश्वकपमा उत्कृष्ट प्रदर्शन गरेका क्विन्टन डी कक फ्लप भए । उनी ५ रन बनाएर आउट भए । त्यसपछि रिजा हेनरिक र कप्तान एडेन मार्करामले विकेटको सम्हाल्दै गर्दै दक्षिण अफ्रिकालाई ८.५ ओभरमा जिताए । रिजाले २५ बलमा नटआउट २९ रन बनाए भने मार्करामले २१ बलमा २३ रन बनाए । फजलहक फारुकीले १ विकेट लिए ।

अब आज राती ८:१५ बजे भारत र इंग्ल्याण्डबिच प्रतिस्पर्धा हुनेछ ।

अब भारत र इंग्ल्याण्डको विजेतासँग अब  फाइनलमा दक्षिण अफ्रिकाले प्रतिस्पर्धा गर्नेछ ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Array

ताजा समाचार

धेरै पढिएको