महोत्तरी, असार ११ । महोत्तरीमा हाम्रो माया घर भवन निर्माण प्रक्रिया सडक मानवहरुको आश्रयका लागि अगाडि बढाइएको छ ।
भवन निर्माणका लागि प्रारम्भिक चरणमा शिव पुराण महायज्ञ आयोजना गरिएको महायज्ञ मूल समितिका संयोजक हिरालाल गौतमले जानकारी दिए ।
दाताहरुले प्रदान गरेको ५ कठ्ठा जग्गामा समेत भवन निर्माणका लागि घेरावार लगाइएको छ ।
भवन निर्माणको आधारहरु तयार भएसगैँ २१ साउनदेखि २९ साउनसम्म माहायज्ञ पुराण आयोजना गरिएको आयोजक पक्षले जनाएको छ ।
पुराण मार्फत आयोजकले डेढ करोडभन्दा बढी चन्दा संकलन गर्ने लक्ष्य राखेको छ । व्यवस्थापकीय पाटोबाट झण्डै २५ लाख खर्च हुने अनुमान गरिएको उक्त माहायज्ञ मानव सेवासगँ जोडिएको अभियान भएको हुनाले यथेष्ट मानिसहरु सहभागी हुने बिस्वास लिईएको छ ।
महायज्ञ सफल बनाउन विभिन्न उपसमिति समेत गठन गरिएको छ । भवन निर्माण सम्पन्न भइसकेपछि ११ करोड लागत अनुमान गरिएको र बजेटको व्यवस्था गर्न स्थानीय, प्रदेश र संघीय सरकारलाई अनुरोध गरिने संयोजक गौतमले बताए ।
देशैभरीका सडक बालबालिका, सडक मानव र सहाराविहीनहरुको लागि महत्वपूर्ण कोशेढुंगा सावित हुने स्थानीयहरुले बिश्वास लिएका छन । Sanghu News









