असार ११ । जारी कोपा अमेरिका २०२४ मा कोलम्बियाले विजयी सुरुवात गरेको छ ।
मंगलबार टेक्ससको एनआरजी स्टेडियममा भएको समूह ‘बी’ को खेलमा कोलम्बियाले पाराग्वेलाई २–१ ले हराएको हो ।
कोलम्बियाका लागि डेनियल मुनजोले ३२औं मिनेटमा र जेफरसन लेर्माले ४२औँ मिनेटमा गोल गर्दै पहिलो हाफमा २–० को अग्रता लिएका थिए ।
पाराग्वेका लागि ६९औं मिनेटमा जुलियो एन्सिसोले गोल गरे पनि हारबाट बच्न पर्याप्त भएन ।
जितपछि समूह डी मा कोलम्बियाले ३ अंक जोडेको छ भने पाराग्वेले हारसँगै प्रतियोगिताको सुरुवात गरेको छ ।
यस समूहको अर्को खेलमा आज ब्राजिल र कोस्टारिका भिड्दैछन् ।










