स्पेनको लगातार तेस्रो उत्कृष्ट जित


असार ११ । स्पेनले युरो २०२४ अन्तर्गत समूह चरणमा लगातार तेस्रो खेल जितेको छ । नकआउट चरणमा आफ्नो स्थान पक्का गरिसकेको स्पेनले समूह बी को अन्तिम खेलमा अल्बानियालाई १–० ले हराएको थियो ।

स्पेनका लागि खेलको १३ औं मिनेटमा फेरान टोरेसले गोल गर्दै अग्रता लिएका थिए । त्यो गोल नै जितका लागि निर्णायक बन्यो ।

यसअघि स्पेनले क्रोएसियालाई ३–० र इटालीलाई १–० ले हराएको थियो ।

स्पेनको जितपछि समूह ‘सी’ मा इंग्ल्याण्ड र समूह ‘डी’ मा रहेको फ्रान्स र नेदरल्यान्ड्सले पनि नकआउट चरणमा स्थान पक्का गरेका छन् । आफ्नो समूहमा एक खेल खेल्न बाँकी रहे पनि यी तीन टोली कम्तीमा उत्कृष्ट तेस्रो टोलीमा पर्ने पक्का छन् ।

अल्वानिया ३ खेलबाट १ अंक जोडेर समूह चरणबाटै बाहिरिएको छ ।

समूह बी मा स्पेनले तीनवटै खेल जित्दै क्लिनसिट राख्यो । onlinekhabar


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Array

ताजा समाचार

धेरै पढिएको