
सुर्खेत, असार ९ । शनिबार राति तरेचौर खोलामा आएको बाढीले कुशे गाउँपालिका–पाँकका इन्द्र रोकायालाई बगाएको हो।
जाजरकोटमा बाढीले बगाएका कारण एक जनाको मृत्यु भएको छ ।
बिहान ११ बजे अचानक खोलामा आएको बाढीले ६ जनालाई बगाएको जिल्ला प्रहरी कार्यालय जाजरकोटका भनाइ हो ।
उनीहरुमध्ये रोकाया मृत अवस्थामा फेला परेको जाजरकोटका प्रहरी प्रमुख पुरुषोत्तम प्रसाद पाण्डेले जानकारी दिए ।
‘राति माछा मार्न गएको क्रममा एक्कासी बाढी आउँदा ६ जनालाई बगाएको मध्ये पाँच जना आफैं निस्किए,’ डिएसपी पाण्डेले भने, ‘हामीलाई बेपत्ता भएको भनेर खबर गरिएका एकजना साढे ११ बजे मृत फेला पर्नुभएको हो।’