काठमाडौंका विभिन्न स्थानमा आज र भोलि २ देखि ५ घण्टा विद्युत् कटौती हुने


काठमाडौं, असार ८ । आज र भोलि काठमाडौंका विभिन्न स्थानमा २ देखि ५ घण्टा विद्युत् कटौती हुने भएको छ ।

विद्युत् प्राधिकरणले सूचना जारी गर्दै मर्स्याङ्दी काठमाडौं २२० केभी प्रसारण लाइन आयोजनाबाट निर्माण भएको मातातिर्थ २२० केभीको नयाँ कन्ट्रोल रूममा जडित सबस्टेसन अटोमेसन सिस्टमको पुरानो मातातीर्थ १३२\३३\११ केभी सबस्टेसन भित्रका ११ केभी इन्कमर र लाइन फिडरहरू सट डाउनमा राख्नुपर्ने भएकाले विद्युत् अवरूद्ध हुने जानकारी गराएको छ।

शनिबार ११ केभी इन्कमर अन्तर्गत मातातीर्थ, सतुंगल, मच्छेगाउँ र फर्पिङ फिडरमा बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म विद्युत् अवरुद्ध हुने प्राधिकरणले जनाएको छ ।

त्यसैगरी ११ केभी मातातीर्थ फिडरमा आइतबार बिहान १० बजेदेखि १२ बजेसम्म, सतुंगल फिडरमा आइतबार बिहान १२ बजेदेखि २ बजेसम्म, मच्छेगाउँ फिडरमा भोलि दिउँसो २ देखि ४ बजेसम्म र फर्पिङ फर्पिङ अन्तर्गतका स्थानहरूमा दिउँसो अपराह्न ४ बजेदेखि ६ बजेसम्म विद्युत् कटौती हुनेछ।

जोरपाटी वितरण केन्द्रको साँखु फिडर अन्तर्गतका स्थानमा आज पनि विद्युत अवरुद्ध हुने प्राधिकरणले जनाएको छ ।

नयाँ फिडर चार्ज गर्नका लागि साँखु फिडर सटडाउनमा राख्नुपर्ने भएकाले उक्त फिडर अन्तर्गतका माया पाटी, इन्द्रायनी, साँखु, जरसिंह पौवा, नांगलेभरे लगायतका स्थानमा आज बिहान १० बजेदेखि साँझ ५ बजेसम्म विद्युत् अवरूद्ध हुने जनाएको छ।

ती ठाउँमा तोकिएको समयभन्दा अगावै काम सम्पन्न गरी तोकिएको समयभन्दा अगावै विद्युत् आपूर्ति सुरु गरिने प्राधिकरणले जनाएको छ ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Array

ताजा समाचार

धेरै पढिएको