सुपर आठ चरणमा बंगलादेशमाथि अष्ट्रेलिया २८ रनले विजयी


असार ७ ।  टी–२० विश्वकपको सुपर ८ अन्तर्गतको खेलमा अष्ट्रेलियाले बंगलादेशलाई २८ रनले पराजित गरेको छ ।

वर्षाका कारण खेल अवरुद्ध भएपछि अष्ट्रेलियाले (डीएलएस) मेथडका आधारमा जित निकालेको हो ।

अघिल्लो सुपर आठको खेलमा भारतले अफगानिस्तानलाई ४७ रनले पराजित गरेको थियो । भारत र अष्ट्रेलियाले २–२ अंक जोडेका छन् ।

टस हारेर पहिले ब्याटिङ गरेको बंगलादेशले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १ सय ४० रन बनाएको थियो । अस्ट्रेलियाले १ सय ४१ रनको लक्ष्य पछ्याउँदा ११.२ ओभरमा खेल वर्षाले प्रभावित भएको थियो । त्यतिबेला अस्ट्रेलियाले दुई विकेट गुमाएर सय रन बनाएको थियो ।

वर्षा रोकिएपछि अष्ट्रेलियाले डकवर्थ एन्ड लुइस (डीएलएस) विधिका आधारमा २८ रनले विजयी घोषणा गरिएको हो ।

आज राति ८:१५ बजे दक्षिण अफ्रिका र इङ्गल्याण्ड बिच खेल हुनेछ ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Array

ताजा समाचार

धेरै पढिएको